आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी, लेष्टर सिटीसँग हार्‍यो एभर्टन « Image Khabar


आर्सनल र म्यान्चेस्टर युनाईटेड विजयी, लेष्टर सिटीसँग हार्‍यो एभर्टन


Imagekhabar
२४ पुष २०७३, आईतवार १०:१८

पछिल्लो समय उत्कृष्ट लयमा देखिएको म्यान्चेस्टर युनाईटेडले रिडिङलाई ४-० ले हराउँदा आर्सनलले प्रेस्टन नर्थ ईण्डलाई २-१ ले पराजित गर्‍यो ।

यसैगरी लेष्टर सिटीले एभर्टनलाई २-१ ले पराजित गर्दा हल सिटीले स्वान्सी सिटीलाई २-० ले, मिलवालले बर्नमाउथलाई ३-० ले तथा वाट्फोर्डले बुर्टन आल्बियोनलाई २-० ले हराएका छन् ।

नर्वीच सिटी र साउथह्याम्पटनले २-२ गोलको बराबरी खेल्दा सण्डरल्याण्ड र बर्नलेले गोलरहित बराबरीमा चित्त बुझाएका छन् । एफ.ए कप फुटबलमा बराबरीमा सकिएका खेलहरु फेरी खेलाइनेछ ।

प्रतिक्रिया दिनुहोस्