
विश्व फुटबल महासंघ फिफाले यसै वर्षदेखि दिन थालेको बेस्ट प्लेयरको अवार्ड जित्न स्पेनीस फुटबल क्लव रियाल मड्रिडका रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र एथ्लेटिको मड्रिडका एन्टोनियो ग्रेजम्यानलाई पछि पारेका हुन् ।
रोनाल्डोले गत वर्ष रियाल मड्रिडलाई युरोपियन च्याम्पियन्स लिग जिताएका थिए भने पोर्चुगललाई युरो कप फुटबल जिताएका थिए ।
यही सफलताको लागि उनलाई गत डिसेम्बरमा बलुन डे ओर अवार्डबाट पनि सम्मान गरिएको थियो ।
फिफा अवार्ड समारोहमा उत्कृष्ट प्रशिक्षकको अवार्ड भने ईटालीयन प्रशिक्षक क्लाउडियो र्यानेरीले जितेका छन् । र्यानेरीले अघिल्लो सिजन अप्रत्याशित रुपमा लेष्टर सिटीलाई इंग्लीश प्रिमियर लिग फुटबल जिताएका थिए ।
यसैगरी अमेरिकी फुटबल खेलाडी कार्ली लोएड उत्कृष्ट महिला फुटबलर घोषित हुँदा मलेसीयाको पेनाङ्ग फुटबल क्लवका खेलाडी मोहोमद फैज सुब्रीले उत्कृष्ट गोलको अवार्ड जिते ।
प्रतिक्रिया दिनुहोस्