१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


मिडिया कप फुटबलको सेमिफाइनल समीकरण पूरा


0
Shares

समूह चरणको अन्तिम खेलमा शुक्रबार एपी वानले नेपाल टेलिभिजनसँग गोलरहित बराबरी खेलेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

सेमिफाइनलमा ईमेज च्यानलको भिडन्त एपी वान टेलिभिजनसँग हुने भएको छ ।

समूह ‘बी’को विजेता ईमेजले सेमिफाइनलमा समूह ‘ए’को उपविजेता एपी वानसँग खेल्दा समूह ‘ए’को विजेता कान्तिपुर मिडिया गु्रपले समूह ‘बी’को उपविजेता रेडियो नेपालसँग खेल्नेछ ।

दुबै सेमिफाइनल खेलहरु आइतबार दशरथ रंगशालामा हुनेछन् ।