२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चेल्सीका स्ट्राइकर डिएगो कोस्टा टिमबाट हटाइए


0
Shares

फिटनेशका बारेमा प्रशिक्षकसँग विवाद भएपछि कोस्टालाई शनिबार राति हुने लिसेस्टर सिटीसँगको खेलको टिमबाट निकालिएको हो ।

कोस्टाको फिटनेश प्रशिक्षक जालियो टोउससँग विवाद भएको थियो । तीन दिनदेखि प्रशिक्षणमा नरहेका कोस्टालाई चिनियाँ क्लबबाट प्रस्ताव आएको खबर पनि सार्वजनिक भएको छ ।

कोस्टाले यस सिजनको प्रिमियर लिगमा १४ गोल गरिसकेका छन् र पाँच गोलका लागि सहयोग गरेका छन् ।

चेल्सीले लिसेस्टरसँगको खेलका लागि कोस्टा नभएको बारेमा केही बताएको छैन । सन् २०१४ मा चेल्सी आएका कोस्टाको चेल्सीसँगको सम्झौता सन् २०१९ मा सकिनेछ ।