कान्तिपुर मिडिया कप फुटबलको सेमिफाइनलमा

राजधानीमा जारी प्रतियोगिताको बुधबार दशरथ रंगशालामा भएको समूहको दोस्रो खेलमा एपी वान टेलिभिजनलाई २–० ले हराउँदै कान्तिपुरले एक खेल खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
बुधबारै भएको अर्को खेलमा नेपाल टेलिभिजनले एभिन्यूज टेलिभिजनलाई २–१ ले पराजित गर्यो ।
यो जितसँगै नेपाल टेलिभिजनले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेको छ भने एभिन्यूज समूह चरणबाटै बाहिरिने निश्चित भएको छ ।
समूह चरणको अन्तिम खेलमा नेपाल टेलिभिजन र एपी वानको खेलबाटै यो समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टिमको छिनोफानो हुनेछ ।