२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


खुकुरी टी–ट्वेन्टी क्रिकेट माघ १ देखि, १६ टोली सहभागी, विजेतालाई २ लाख


0
Shares

भक्तपुरकोे सैनिक आवासीय महाविद्यालयको मैदानमा हुने प्रतियोगितामा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबसहित मोफसल र राजधानीका कुल १६ क्रिकेट टोलीले सहभागिता जनाउने छन् ।

‘लिग कम नकआउट’का आधारमा हुने प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिने छ । हरेक समूहका शीर्ष दुई स्थानमा रहने टोली क्वार्टरफाइनल राउन्डका लागि छनोट हुनेछन् ।

प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेताले १ लाख रुपैयाँ हात पार्नेछ ।

यस्तै, प्रतियोगितामा उत्कृष्ट घोषित हुने खेलाडीले २५ हजार पाउनेछन् भने उत्कृष्ट बलर तथा ब्याट्सम्यानले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।