पाँचथरको फिदिममा शुक्रबारदेखि हुने प्रतियोगिताका लागि खेल मैदानमा बाँसको प्याराफिटसमेत बनाएर अन्तिम चरणको तयारी भइरहेको आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको पुरस्कार राशीसमेत वृद्धि गरिएको छ । अघिल्लो संस्करणसम्म विजेताले एक लाख रुपैयाँ पाउने गरेको भए पनि यस वर्षदेखि २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।…