बर्नलेसँग चेल्सी बराबरीमा रोकियो,स्वान्सी सिटीद्वारा लेस्टर पराजित • Image Khabar Image Khabar


बर्नलेसँग चेल्सी बराबरीमा रोकियो,स्वान्सी सिटीद्वारा लेस्टर पराजित


Imagekhabar
२ फाल्गुन २०७३, सोमबार ०७:०७

बर्नलेसँग चेल्सी बराबरीमा रोकियो,स्वान्सी सिटीद्वारा लेस्टर पराजित

बर्नलेको मैदानमा भएको खेलमा चेल्सीका पेड्रोले पहिलो गोल गरे । तर घरेलु टोलीका ब्राडीले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

राती नै भएको अर्को खेलमा स्वान्सी सिटीले लेस्टर सिटीलाई २-० ले हराएको छ । खेलमा स्वान्सीलाई विजयी गराउन अल्फी मसन र मार्टिन ओल्सनले एक/एक गोल गरेका हुन् ।

रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २५ खेलबाट ६० अंक जोडेको चेल्सी शीर्ष स्थानमा यथावत छ ।

समान खेलबाट ५०/५० अंक जोडेको टोटनह्याम हट्सपर र आर्सनल क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् भने ४९ अंक जोडेको लिरभपुल चौथो स्थानमा छ ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटी पनि ४९ अंकको साथ पाँचौ स्थानमा रहेको छ । सिटीले आज राती हुने खेलमा बर्नमाउथसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्