
लिग तालिकाको तेस्रो स्थानमा रहेको आर्सनलले हल सिटीलाई २-० ले हरायो । आर्सनलका लागि दुबै गोल अलेक्सीस सान्चेजले गरे ।
यसैगरी लिभरपुलले टोटनह्याम हट्सपरलाई २-० ले पराजित गर्यो । लिरभपुलको जितमा सादियो मानेको दुई गोल सामेल थियो ।
राती नैं भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले वाट्फोर्डलाई २-० ले हरायो । म्यान्चेस्टर युनाईटेडका लागि हुँवा माटा र एन्टोनी मार्सलले एक एक गोल गरे ।
प्रिमियर लिग अन्तर्गतका अन्य खेलहरुमा साउथह्याम्पटनले सण्डरल्याण्डलाई ४-० ले हराँउदा स्टोक सिटीले क्रिष्टल प्यालेसलाई १-० ले पराजित गर्यो ।
वेष्ट ह्याम युनाईटेड र वेष्ट ब्रोमले २-२ गोलको बराबरी खेल्दा मिडिल्सब्रो र एभर्टनले गोलरतिह बराबरीमा चित्त बुझाए ।
रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा २५ खेलबाट ५९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ ।
एक खेल बढी खेलेका टोटनह्याम र आर्सनल ५०/५० अंकको साथ क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । ४९ अंक जोडेको लिभरपुल चौथो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्