Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


अर्घाखाँचीको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक अवरूद्ध


13
Shares

अर्घाखाँची । पहिराेका कारण अर्घाखाँचीको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडकखण्ड अवरुद्ध भएको छ।

पाणिनि गाउँपालिकामा पर्ने ढुङ्ग्रेखोला नजिकै सडकमा ठूलो ढुङ्गा खसेर आइतबार रातिदेखि सडक अवरुद्ध भएपछि सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो । ढुङ्गा ठूलो रहेकाले पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । वर्षायाममा साेही सडक खण्डमा पहिरो तथा ढुङ्गा खस्ने जोखिम बढ्ने गर्दछ ।

प्रहरीले यहि जोखिमलाई मध्यनजर गर्दै यसअघि नै रातिको समयमा याे सडकमा यात्रा नगर्न र सवारी सञ्चालनमा रोक लगाइएको जनाएकाे छ ।