आलाभेजको पोष्टमा बार्सिलोनाको ६ गोल, सुवारेज, मेस्सी र नेइमार चम्किए • Image Khabar Image Khabar


आलाभेजको पोष्टमा बार्सिलोनाको ६ गोल, सुवारेज, मेस्सी र नेइमार चम्किए


Imagekhabar
१ फाल्गुन २०७३, आईतवार ०९:०३

आलाभेजको पोष्टमा बार्सिलोनाको ६ गोल, सुवारेज, मेस्सी र नेइमार चम्किए

शनिबार राती आलाभेजको मैदानमा भएको खेलमा बार्सालाई फराकिलो अन्तरमा विजयी गराउन लुईस सुवारेजले दुई गोल गरे ।

यसैगरी लियोनल मेस्सी, नेईमार र ईभाँ राकिटिचले एक एक गोल गर्दा आलाभेजकै रुवानो डेल्गाडोले एक आत्माघाति गोल गरेका थिए ।

स्पेनिस ला लिगा अन्तर्गत राती भएको अर्को खेलमा रियाल मड्रिडले ओसासुनालाई ३-१ ले हरायो । रियाल मड्रिडलाई विजयी गराउन रोनाल्डो, ईस्को र भाज्क्वेजले एक एक गोल गरेका हुन् ।

राती भएका अन्य खेलहरुमा एथ्लेटिक बिल्बाओले डोपोर्टीभो लाकोरुनालाई २-१ ले हराँउदा रियाल बेटिस र भ्यालेन्सीयाले गोलरहित बराबरी खेलेका छन् ।

ला लिगाको अंक तालिकामा २० खेलबाट ४८ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा रहेको छ ।

दुई खेल बढी खेलेको बार्सीलोना ४७ अंकका साथ दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको सेभिया ४३ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्