Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


विपक्षी आयोजकको भूमिमा बंगलादेशको पहिलो टेस्ट सफलता

बंगलादेशले श्रीलंकालाई उसकै भूमि कोलम्बोमा आइतबार ४ विकेटले हराएको हो । १९१ रनको सामान्य चुनौती बंगलादेशले ६ विकेटको क्षतिमा पूरा गर्‍यो । श्रीलंकाले पहिलो इनिङमा ३३८ रन बनाउँदा बंगलादेशले ४६७ रन जोडेको थियो । दोस्रो इनिङमा भने श्रीलंका ३१९ रनमा समेटियो । योसँगै बंगलादेशले दुई खेलको शृंखलामा १–१ को बराबरी गरेको छ ।