७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024


एएफसी यु–२३ च्याम्पियनसिप छनोट फुटबलमा नेपाल कठिन समूहमा


0
Shares

शुक्रबार एसियाली फुटबल महासंघको मुख्यालय मलेसियामा भएको ‘ड्र’अनुसार नेपालको समूहमा लेबनन, उज्वेकिस्तान र युएई रहेका छन् ।

नेपालको पहिलो खेल जुलाई १९ तारिखमा युएईसँग हुनेछ । त्यस्तै, दोस्रो खेलमा नेपालले २१ जुलाईमा उज्वेकिस्तानसँग खेल्दा २३ जुलाईमा लेबननसँग खेल्नेछ ।

एसियाका ४० टिमलाई १० समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताका समूहका शीर्ष टिम र पाँच उत्कृष्ट उपविजेताले चीनमा मुख्य स्पर्धामा भिडन्त गर्नेछन् ।

आयोजकको हिसाबले चीनले स्वतः मुख्य स्पर्धा खेल्न पाउने भएकाले यदि उसले शीर्ष स्थानमा रहेर वा उत्कृष्ट उपविजेताभित्र रहेर खेल सकायो भने अर्को टिमले पनि अवसर पाउनेछ ।