भारतको कोलकातामा शनिबार राती भएको फाइनलमा कुनै समय दुई गोलले पछि परेको इङ्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पार्यो । खेलको १० औं र ३१ औं मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाए । पहिलो हाफमै इङ्ल्यान्डका रायन ब्रिउस्टरले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । दोस्रो हाफमा इङ्ल्यान्डले…