इटालीस्थित मिलानको एक अदालतले म्यान्चेस्टर सिटीका पूर्वफरवार्डसमेत रहेका रोबिन्होलाई बलात्कारको अभियोगमा ९ बर्षको जेल सजाय तोकेको हो ।
सन् २०१३ मा एक अल्बानियन युवतीको सामूहिक बलात्कारमा उनीसँगै अन्य पाँच ब्राजिलियनलाई पनि दोषी ठहर गर्दै जेल सजाय तोकिएको छ । २२ वर्षीया ती महिलालाई डिस्को क्लबबाट निस्केपछि उनीहरुले बलात्कार गरेको अदालतको ठहर छ ।
अदालतले पीडितलाई ७१ हजार डलर क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ । ३३ वर्षीय रोबिन्होले २०१० देखि २०१५ सम्म मिलानका लागि फुटबल खेल्दै आएका थिए । अहिले ब्राजिलको क्लबमा आवद्ध उनले आफू घटनामा संलग्न नभएको दाबी गर्दै अदालतको आदेशविरुद्ध सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने उल्लेख गरेका छन् ।
उनी सुनुवाईका क्रममा अदालतमा उपस्थित भएनन् ।









प्रतिक्रिया दिनुहोस्