२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुदूरपश्चिम–११ लाई टाईब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा


0
Shares

निर्धारित समयमा १–१ को बराबरीमा भएपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको ८ औं मिनेटमा आर्मीका दिनेश हेनजनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५७ औं मिनेटमा सुदुरपश्चिमका जीवन चौधरीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

टाइब्रेकरमा भने आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दिपक गुरुङले गोल गरेका थिए । सुदुरका खेलाडीहरुले प्रहार गरेको सबै बल पोष्ट बाहिर गएपछि टाइब्रेकरमा आर्मीको जित सहज भएको हो ।

खेलको म्यान म्याच आर्मीका दिनेश हेनजन घोषित भए । उनलाई नगद १० हजार प्रदान गरियो ।

सोमबार आयोजक काँकरभिट्टा फुटबल क्लब र हिमालयन शेर्पा काठमाडौंबीच प्रतिश्पर्धा हुनेछ ।