Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


झापा–११ लाई हराउँदै सुदूरपश्चिम–११ क्वार्टरफाइनलमा


0
Shares

शुक्रबार भएको खेलमा स्थानीय टोली झापा–११ लाई टाइब्रेकरमा ५–४ ले हराउँदै सुदूरपश्चिम अन्तिम आठमा पुगेको हो ।

निर्धारित् ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल सीधै टाइब्रेकरमा धकेलिएको थियो ।

साविक विजेता झापालाई पराजित गर्नेक्रममा सुदूरपश्चिमका नरेन्द्र चौधरी, राकेश हमाल, चेतन थारु, विनोद केसी र फिलिप तामाङले गोल गरे ।

झापा–११ का लागि योगेश गुरुङ, दिलेन लोक्ताम, सुमीन मैनाली र छिरिङ गुरुङले गोल गरे ।

यसअघि, सुदूरपश्चिमले खेलको ५८औं र ८३औं तथा झापाले खेलको ६७औं र ८९औं मिनेटमा गोल गरेको थियो ।

प्रतियोगिताअन्तर्गत् शनिबार मनाङ–मर्स्याङ्दी क्लब र रुपन्देही–११ बीच खेल हुनेछ ।