Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा भारत हावी, विजय र पुजाराको शतक


0
Shares

नागपुरमा भइरहेको खेलमा श्रीलंकालाई २०५ रनमै रोकेको भारतले निकै राम्रो ब्याटिङ गरेको छ ।

भारतले पहिलो इनिङस्मा शनिबार दोस्रो दिनको समाप्तीसम्म २ विकेटको क्षतिमा ३१२ रन बनाउँदै १०७ रनको अग्रता लिएको छ ।

सात रन बनाउँदा पहिलो विकेट गुमाएको भारतलाई चेतेश्वर पुजारासँग मिलेर दोस्रो विकेटका लागि २०९ रनको साझेदारी गर्नेक्रममा मुरली विजयले १२८ रन बनाए ।

त्यसैगरी, तेस्रो विकेटका लागि पुजारा र कप्तान विराट कोहलीबीच ९६ रनको साझेदारी भइसकेको छ । पुजारा १२१ तथा कोहली ५४ रनमा अविजित छन् ।

यसअघि, श्रीलंकाले दिनेश चाँदिमाल र दिमुथ करुणारत्नेको अर्धशतकको मद्दतले २०५ रन बनाएको थियो ।

भारतका रविचन्द्रन आश्विनले ४ तथा इशान्त शर्मा र रविन्द्र जडेजाले ३/३ विकेट लिए ।

तीन खेलको शृंखलाको पहिलो खेल बराबरीमा सकिएको थियो । दोस्रो खेल भारतको नियन्त्रणमा गइसकेको छ ।

अष्ट्रेलिया–इंग्ल्यान्ड पहिलो एसेज टेस्ट
अष्ट्रेलिया र इंग्ल्यान्डबीचको पहिलो एसेज टेस्ट क्रिकेट ब्रिसबेनमा जारी रहेको छ ।

रोमान्चक मोडतिर ढल्केको खेलमा तेस्रो दिनको समाप्तीसम्म इंग्ल्यान्डले आफ्ना ८ विकेट अझै बाँकी छँदा सात रनको अग्रता लिएको छ ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३०२ रन बनाएको थियो भने अष्ट्रेलियाले २६ रनको अग्रता लिनेक्रममा ३२८ रन बनाएको थियो ।

इंग्ल्यान्डले दोस्रो इनिङस्मा २ विकेटको क्षतिमा ३३ रन जोडेको छ ।