शनिबार भएको खेलमा गोलरक्षक दिनेश थापाको उत्कृष्ट बचाउसँगै मनाङले रुपन्देही–११ लाई ‘सडनडेथ’मा पराजित गरेको हो ।
झापाको काँकडभिट्टा माविको खेल मैदानमा भएको खेल निर्धारित् समयभित्र गोलरहित बराबरीमा सकिएपछि खेल सोझै ‘टाइब्रेकर’मा धकेलिएको थियो ।
टाइब्रेकरमासमेत ५/५ गोलको बराबरी भएपछि सडनडेथमा मनाङ भाग्यमानी ठहरियो ।
मनाङका अनिल गुरुङ, विमल रानामगर, विमल बस्नेत, हेमन गुरुङ, द्रोण थापा, विक्रम लामा र दिनेश थापाले गोल गरेका थिए ।
रुपेन्देहीका निरज बस्नेत, रजिन धिमाल, रुपेश केसी, दीपक राई, दिलीप क्षत्री, विजय धिमालले गोल गरे ।
तर, सडनडेथमा सौरभ मगरले हानेको प्रहार मनाङका गोलरक्षक दिनेश थापाले रोकेपछि रुपन्देहीको यात्रा टुंगिएको हो ।
खेलको ‘म्यान अफ द म्याच’ घोषित दिनेशले १० हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताअन्तर्गत् आइतबार सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।










प्रतिक्रिया दिनुहोस्