१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


चेल्सीलाई स्टोक सिटीले रोक्ला ?


0
Shares

                                                                                    फाइल फोटो
प्रतियोगिताअन्तर्गत् नेपाली समयअनुसार शनिबार साँझ सवा ६ बजे हुने पहिलो खेलमा वेस्टब्रमविच आल्बियन र आर्सनल भिड्नेछन् ।

यस्तै, राति पौने ९ बजे क्रिस्टल प्यालेस र वार्टफर्ड, एभर्टन र हल सिटी, स्टोक सिटी र चेल्सी, सन्डरल्यान्ड र बर्नले तथा वेस्टहाम युनाइटेड र लेस्टर सिटी भिड्नेछन् ।

प्रतियोगिताअन्तर्गत् राति सवा ११ बजे बर्नमाउथले स्वान्सी सिटीको सामना गर्नेछ ।

जारी प्रिमियर लिगको अंकतालिकामा २७ खेलबाट ६६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

समान खेलबाट ५६/५६ अंक जोडेका टोटनहाम हट्स्पर र म्यानचेस्टर सिटी क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।