
८१ रनको चुनौती दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा तेस्रो दिनमै पूरा गरेको हो ।
विलिङटनमा भएको खेलमा यसअघि न्यूजिल्यान्डले पहिलो इनिङमा २६८ तथा दोस्रो इनिङमा १७१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाले पहिलो इनिङमा ३५९ रन बनाएको थियो । यो जितसँगै दक्षिण अफ्रिकाले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।
पहिलो खेल बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्