३२ जेष्ठ २०८१, शुक्रबार | Fri Jun 14 2024


विपक्षी आयोजकको भूमिमा बंगलादेशको पहिलो टेस्ट सफलता


0
Shares

बंगलादेशले श्रीलंकालाई उसकै भूमि कोलम्बोमा आइतबार ४ विकेटले हराएको हो ।

१९१ रनको सामान्य चुनौती बंगलादेशले ६ विकेटको क्षतिमा पूरा गर्‍यो ।

श्रीलंकाले पहिलो इनिङमा ३३८ रन बनाउँदा बंगलादेशले ४६७ रन जोडेको थियो ।

दोस्रो इनिङमा भने श्रीलंका ३१९ रनमा समेटियो । योसँगै बंगलादेशले दुई खेलको शृंखलामा १–१ को बराबरी गरेको छ ।