सोमबार झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली झापा–११ लाई ३–० ले हराउँदै विभागीय टोली आर्मी फाइनलमा पुगेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई तथा दीप लामाले एक गोल गरे । नवयुगले खेलको १३औं र २७औं तथा दीपले ७८औं मिनेटमा गोल गरेका थिए । घरेलु दर्शकको भरपुर समर्थन पाएको…