Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


इपिएल क्रिकेटमा पोखरा राइनोजद्वारा किङ्स इलेभेन पराजित


0
Shares

काठमाडौंले दिएको ९९ रनको सामान्य चुनौती पोखराले खेलमा १० बल बाँकी छँदा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

पोखराको जितमा इसरुल्लाहले अविजित ४५ रन बनाएभने सुनिल धमलाले २० रन तथा शक्ति गौचनले अविजित १८ रन जोडे । काठमाडौंका सागर पुनले २ विकेट लिए ।

यसअघि त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रन जोडेको थियो । काठमाडौंका लागि सागर पुनले ३६ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ पोखराका बिक्रम सोभ, सुसन भारी र कप्तान शक्ति गौचनले २/२ विकेट लिए ।

ईपिएल क्रिकेटअन्तर्गत आजै दोस्रो खेलमा चितवन टाईगर्सले विराटनगर वारियर्सको सामना गरिरहेको छ ।