Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


पीएफए अत्तरीया फारवेस्ट पशुपति कपको फाइनलमा


0
Shares

बुधबार धनगढी रंगशालमा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम–११ स्पोर्टस् क्लबलाई १–० ले हराउँदै पीएफए अत्तरीया उपाधिनजिक पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको ७१औं मिनेटमा पीएफएका मणिराम चौधरीले गरेको गोल नै जितमा निर्णायक भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका पीएफए अत्तरीयाका विश्व अधिकारी ‘म्यान अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार आयोजक फारवेस्ट पशुपति युवा क्लब र न्यू बुद्ध युवा क्लब फूलबारी भिड्नेछन् ।

प्रतियोगिताको फाइनल खेल पुस ८ गते शनिबार धनगढी रंगशालामा हुने आयोजक फारवेस्ट पशुपति युवा क्लबका अध्यक्ष खेलम रावतले जानकारी दिए ।