विश्व क्रिकेट लिगअन्तर्गत अन्तिम चरणको खेलमा युएईसँग उसकै मैदानमा दुईवटा एक दिवसीय खेल खेल्न जाने नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा छ । पहिलो चरणमा २७ खेलाडी छनोट गर्दै प्रशिक्षण शुरु गरेको नेपालले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरेको हो । दोस्रो चरणको बन्द प्रशिक्षणमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर,…