१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


बहुप्रतिक्षित रियल मड्रिड र बार्सिलोनाको भिडन्त


0
Shares

रियल मड्रिडको घरेलु मैदानमा हुने सिजनको पहिलो ‘एल क्लासिको’ नेपाली समयअनुसार बेलुकी पौने ६ बजे सुरु हुनेछ ।

जारी सिजनमा अंकतालिकामा बार्सिलोनाभन्दा ११ अंकले पछि परिसकेको रियल मड्रिडलाई उपाधि यात्रामा कायम रहन आज जित्नैपर्ने दबाब छ ।

सिजनको मध्यान्तरअघि नै रियलसँग कायम गरेको फराकिलो अग्रताले उत्साहित बार्सिलोना रियललाई उसकै मैदानमा रोक्ने दाउमा छ ।

अंकतालिकामा अपराजित बार्सिलोनाले १६ खेलबाट ४२ अंक जोड्दा एक खेल कम खेलेको रियल मड्रिड ३१ अंकका साथ चौथो स्थानमा छ ।