बिहीबार भएको सेमिफाइनलमा कमलले रोहित सुनुवारलाई ६–२ र ६–३ ले तथा श्रीराम मगरले राजु श्रेष्ठलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन् । यी दुवै खेलाडीले यसअघि पोखरा भेट्रान्सको उपाधि एक–एकपटक जितिसकेका छन् । त्यसैगरी, ४५ वर्षमाथिको एकलमा पोखराका धरमबहादुर लामिछाने र टिम मन्डिखाटारका बिमल गुरुङबीच उपाधि भिडन्त हुने…