खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरीलाई झनै फराकिलो पारेको छ । २० खेलबाट सिटीको ५८ अंक भएको छ भने १५ अंकले पछि परेको म्यान्चेस्टर युनाईटेड ४३ अंकसहित दोस्रो स्थानमा छ ।
तेस्रो स्थानको चेल्सीको ४२ अंक छ भने ३८ अंकको साथ लिभरपुल चौथो स्थानमा छ ।
प्रिमियर लिग फुटबलमा आज राति क्रिष्टल प्यालेस र आर्सनल भिड्नेछन् ।









प्रतिक्रिया दिनुहोस्