१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुनसरी–११ फाल्गुनन्द गोल्डकपको फाइनलमा


0
Shares

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा रुपन्देही–११ लाई ३–१ गोलले पराजित गर्दै सुनसरी–११ उपाधिनजिक पुगेको हो ।

सुनसरीका तीर्थ बस्नेतले खेलको १५औं मिनेटमा एक गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको सुनसरीले दोस्रो हाफमा दुई गोल थप्यो ।

सुनसरीका हेमन्त थापामगरले खेलको ७३औं र ८२औं मिनेटमा गरी दुई गोल गरे ।

पराजित रुपन्देहीका तर्फबाट छिरिङ गुरुङले इन्जुरीमा समयमा एक सान्त्वना गोल फर्काए ।

खेलको ‘म्यान अफ द म्याच’ सुनसरी–११ का विष्णु सुनवार घोषित भए ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड झापा र मोरङ–११ बीच प्रतिस्पर्धा हुनेछ ।