Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


पोखरामा जारी भलिबलमा ८ खेल सम्पन्न


0
Shares

बुधबार पुरुषतर्फ नेपाल पुलिस क्लब, पश्चिमाञ्चल, सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब क्वार्टरफाइनमा प्रवेश गरेका छन् ।

चारओटै टिमले सोझो सेटमा जित हासिल गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् ।

पहिलो खेलमा पुलिसले सुदूरपश्चिमाञ्चलमाथि २५–२१, २५–२२ र २५–१६ को सहज जित निकाल्यो ।

अर्को खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१८, २५–१८ र २७–२५ ले हरायो ।

त्यसैगरी, बुधबार नै भएको अर्को खेलमा सशस्त्र प्रहरीले मध्यपश्चिमाञ्चलमाथि २५–१०, २५–९ र २५–२० जित हासिल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई २५–८, २५–१० र २५–२० ले हरायो ।

त्यसैगरी, महिलातर्फ मध्यमाञ्चल, पुलिस, पश्चिमाञ्चल र सशस्त्र प्रहरी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–३, २५–५ र २५–११ ले हरायो ।

अर्को खेलमा पुलिसले पूर्वाञ्चललाई २५–१७, २५–११ र २५–१४ ले पन्छायो ।

बुधबार नै भएको अर्काे खेलमा पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–७, २५–९ र २५–२३ ले हरायो ।

यस्तै, साविक विजेता सशस्त्रले आर्मीलाई २५–९, २५–१९ र २५–७ को सोझो सेटमा हरायो ।