बुधबार भएको क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै मोरङ अन्तिम चारमा पुगेको हो ।
निर्धारित् समयमा दुवै टिमबाट एक–एक गोलको बराबरी भएपछि भएको ‘टाइब्रेकर’मा मोरङ–११ ले बाजी मारेको हो ।
यसअघि, मोरङको तर्फबाट खेलको ३५औं मिनेटमा सन्तोष न्यौपानेले एक गोल टिमलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ५७औं मिनेटमा आर्मीका आशिष शाक्यले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।
खेलको ‘म्यान अफ द म्याच’ मोरङका सुशील राई घोषित भए । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
यसअघिका खेलमा जित हासिल गर्दै रुपन्देही–११, बिर्तामोड युनाइटेड झापा र सुनसरी–११ सेमिफाइनलमा पुगिसकेका छन् ।
प्रतियोगिताअन्तर्गत् बिहीबार हुने पहिलो सेमिफाइनल खेलमा रुपेन्दही–११ र सुनसरी–११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्