यसैगरी म्यान्चेस्टर युनाइटेडका अर्मेनियन मिडफिल्डर हेनरिक मख्तरीयान आर्सनल पुगेका छन् । सम्भवतः जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा चर्चित ट्रान्सफरको रुपमा इङ्लिस फुटबलका दुई ठूला क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेडले खेलाडी सट्टापट्टा गरेका हुन् । दुवै क्लबले आफ्ना पूर्व खेलाडीलाई धन्यवाद दिँदै नयाँ खेलाडीलाई क्लबमा स्वागत गरेका छन् । आर्सनलसँगको करार अवधि सकिन लागेका बेला म्यानचेस्टर युनाइटेडले…