शिवम् सिमेन्टको मुख्य प्रायोजनमा आयोजना हुने प्रतियोगिता यही माघ २१ देखि २३ गतेसम्म सन्चालन हुनेछ । नयाँबसपार्कस्थित ढोरपाटन क्लबको मैदानमा हुने प्रतियोगितामा आयोजक शिवम् न्यू डायमन्डसहित अरु ६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको विजेताले १ लाख ५१ हजार तथा उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।