
गत चैत २ गते मन्त्रालय सम्हालेका मन्त्री विश्वकर्मा बिहीबार पहिलोपटक राखेप पुगेका हुन् ।
राखेपका अध्यक्षसमेत रहेका मन्त्री विश्वकर्मालाई राखेपका पदाधिकारी, कर्मचारी, विभिन्न संघका पदाधिकारीसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका प्रतिनिधिले स्वागत गरेका थिए ।
सो अवसरमा मन्त्री विश्वकर्माले खेलाडीलाई खेल्ने उचित वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।
खेल स्वस्थ्य भयो भने देश स्वस्थ्य हुन्छ भन्दै मन्त्री विश्वकर्माले युवाहरुलाई खेलकुदमा लाग्न आग्रहसमेत गरे ।
सोक्रममा मन्त्री विश्वकर्माले नेपाली क्रिकेट टोलीले हासिल गरेको सफलताले सम्पूर्ण नेपालीलाई खुसी दिएको बताए ।
प्रतिक्रिया दिनुहोस्