२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विश्वकप फूटबलको दावेदार टोलीहरु रणनीति बनाउन व्यस्त, मैत्रिपूर्ण खेल खेल्दै


0
Shares

विश्वकप फुटबल आउन तीन महिनामात्रै बाँकी रहँदा उपाधि दावेदार टोलीहरु रणनीति बनाउन जुटेका छन् । तयारीकै लागि अर्र्जेन्टिनाले आज राति ईटालीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । यही खेलको पूर्वसन्ध्यामा अर्जेन्टाईनी टोलीका प्रशिक्षक योर्गे साम्पाओलीले विश्वकपका लागि राष्ट्रिय टोलीको सम्पूर्ण जिम्मेवारी आफ्ना स्टार खेलाडी लियोनल मेस्सीको काँधमा रहने बताए ।

आजै राति जर्मनी र स्पेन, नेदरल्याण्ड्स र इंग्ल्याण्ड, रुस र ब्राजिल, जापान र माली तथा टर्की र रिपब्लिक अफ आयरल्याण्ड्स भिड्नेछन् । यसैगरी फ्रान्सले कोलम्बियासँग खेल्दा पोर्चुगल र ईजिप्ट भिड्नेछन् ।

उता चाईना कप फुटबल अन्तर्गत गएराति भएको खेलमा वेल्सले चीनलाई ६–० ले हराएको छ । उक्त खेलमा ह्याट्रिक गरेका ग्यारेथ बेल वेल्सका लागि अहिलेसम्मकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बेलले अहिलेसम्म देशका लागि २९ गोल गरेका छन् ।

यसअघि लिभरपूलका पूर्व खेलाडी ईयान रसले वेल्सका लागि २८ गोल गरेका थिए ।