एनआइसी एसियाले जित्यो फुटसलको उपाधि • Image Khabar Image Khabar


एनआइसी एसियाले जित्यो फुटसलको उपाधि


Imagekhabar
३ चैत्र २०७४, शनिबार २०:०३

एनआइसी एसियाले जित्यो फुटसलको उपाधि

शनिबार धनगढीमा भएको फाइनल खेलमा सनराइज बैंकलाई ७–० ले पराजित गर्दै एनआइसी एसियाले उपाधि चुमेको हो ।

उपाधिसँगै उसले नगद १५ हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता बनेको सनराइज बैंकले १० हजार रुपैयाँ हासिल गर्‍यो ।

बैंकर्स क्लब धनगढीले आयोजना गरेको उक्त प्रतियोगितामा १८ ओटा बैंकको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष टेकराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्