चेल्सी र साउथह्याम्पटन एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा • Image Khabar Image Khabar


चेल्सी र साउथह्याम्पटन एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा


Imagekhabar
५ चैत्र २०७४, सोमबार ०७:०८

चेल्सी र साउथह्याम्पटन एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा

गएराति भएको क्वाटरफाइनल खेलमा चेल्सीले लेष्टर सिटीलाई अतिरिक्त समयमा पराजित ग¥यो । खेलको ४२ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिए पनि ७६ औं मिनेटमा जेमी भार्डीले एक गोल फर्काउँदै खेल बराबरी गरेका थिए ।

यसपछि अतिरिक्त समयमा पेड्रोले गोल गर्दैै चेल्सीलाई २–१ ले विजयी गराए ।

चेल्सीले अब सेमिफाइनलमा साउथह्याम्पटनको सामना गर्नेछ ।

क्वाटरफाइनलमा विगान एथ्लेटिकलाई २–० ले हराउँदै साउथह्याम्पटन सेमिफाइनलमा पुगेको हो । खेलमा साउथ ह्याम्पटनलाई विजयी गराउन होएबर्ग र सोआरेसले एक–एक गोल गरे ।

एफए कप फुटबलको अर्को सेमिफाइनलमा म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर भिडनेछन् ।

प्रतिक्रिया दिनुहोस्