२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


विराट गोल्डकप १७ गतेदेखि, दिन र रात गरी दुवै समय खेलाइने


0
Shares

आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता दिन र रातमा गर्न लागेको जनाएको हो ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भूटानका दश वटा टीमको सहभागिता रहने छ । फुटबल खेलमा नेपाली टिमबाट मनाङ मर्स्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस, नेपाल आर्मी, रमपम झापा–११ र रिजालको मोरङ–११ का सात नेपाली टिमको सहभागिता रहने छ ।

आयोजक विराट गोल्डकपका अध्यक्ष नविन रिजालले प्रतियोगिताका खेलहरु साँझ ६ बजेबाट शुरु हुने जानकारी दिए । उनले प्रतियोगिताको बिजेताले नगद १२ लाख ७१ हजार र उपविजेतालाई नगद ५ लाख ५१ हजार पुरस्कारसहित कप प्रदान गरिने जनाए ।