तर, भोजपुरको टेम्के मैयूँ गाउपालिकाको वडा नं ३, दिल्पा चनौटेका ७२ वर्षीय पदमप्रसाद निरौला भने तीनमुरी अथवा ६० पाथी धान बोकेर चर्चित मात्रै बनेका छैनन्, जीवनभरीका लागि ‘तीनमुरे बाजे’ नाम पनि कमाएका छन् । विसं २००२ भदौमा जन्मिएका उनलाई गाउँघरतिर निरौला ठूले भन्ने गरिए पनि ‘तीनमुरे’ उपनामबाट सबैतिर चिनिन्छन् । उनलाई धेरैले तीनमुरे बाजे भनेर…