
मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङलाई जिताउनेक्रममा विशाल राईले दुई र विदेशी खेलाडी भेक्टरले एक गोल गरे ।
खेलको ४१औं मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाएका विशालले ८७औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
खेलको अन्तिम समयमा भेक्टरले बललाई चाली चुमाएपछि मनाङले शानदार जित निकालेको हो ।
प्रतियोगिताअन्तर्गत् बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक टिम रुपन्देही–११ र नेपाल पुलिस क्लबबीच हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्