
राष्ट्रिय प्रतियोगितामा सहभागी भएका पूर्वखेलाडीहरुको पहलमा चन्दा तथा सहयोग संकलन गरेर कभर्डहल निर्माण गरिएको हो ।
राजविराज नगरपालिकाले १४ धुर जग्गा उपलब्ध गराएपछि करिब ५० लाख रुपैयाँको लगानीमा वडा नम्बर–८ मा ७० फिट लम्बाइ, ५० फिट चौडाइ र ३५ फिट उचाइको हल निर्माण गरिएको निर्माण समितिका संयोजक सचेन्द्रप्रसाद यादवले जानकारी दिए ।
कभर्डहलको निर्माणकार्य अन्तिम चरणमा रहेको जानकारी दिँदै संयोजक यादवले ब्याडमिन्टन, भारत्तोलन, जुडो, कम्फुलगायतका प्रतियोगिता सन्चालनका लागि हलको अभाव खड्किएको र त्यसका लागि पटक–पटक पहल गर्दा पनि सरकारी निकायले बेवास्ता गरेपछि चन्दा र सहयोगमार्फत् निर्माण थालिएको बताए ।
प्रतिक्रिया दिनुहोस्