२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुपन्देही–११ लाई हराउँदै पुलिस उपाधिनजिक


0
Shares

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक टिम रुपन्देही–११ लाई ‘सडनडेथ’मा ४–३ ले हराउँदै पुलिस उपाधिनजिक पुगेको हो ।

खेलकोे निर्धारित् समय गोलरहित बराबरीमा सकिएपछि खेल ‘टाइब्रेकर’मा पुगेको थियो ।

टाइब्रेकरमामा पनि रुपन्देही र पुलिसबीच ३–३ को बराबरी भएपछि ‘सडनडेथ’मा पुलिसले बाजी मारेको हो ।

खेलको ‘म्यान अफ दी म्याच’ पुलिसका गोलरक्षक रोशन खड्का घोषित भए । उनले ११ हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताअन्तर्गत् बिहीबार हुने दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लब र मनाङ–मर्स्याङ्दी क्लब भिड्नेछन् ।

देवीनगरस्थित एन्फा टेक्निकलको खेलमैदानमा जारी प्रतियोगिताको विजेता टिमले ७ लाख ७७ हजार ७७७ तथा उपविजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँ हात पार्नेछन् ।