
नेपाली क्रिकेट टोली बेलुकी ५ बजेर ५५ मिनेट जाँदा जिम्बाबेबाट दुबाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आइपुग्ने बताईएको छ ।
विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको हैसियत बनाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ देश फर्किन लागेको हो ।
प्रतियोगिताका ६ मध्ये दुई खेलमात्रै जिते पनि एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको हो ।
समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता निश्चित गरेको हो । सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेपछि नेपाल आठौं स्थानमा सीमित बन्यो ।
प्रतिक्रिया दिनुहोस्