
प्रतियोगिताअन्तर्गत् शनिबार भएको सातौं स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएसँगै नेपाल आठौं स्थानमा सीमित भएको हो ।
खेलमा १९० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अलआउट हुँदै १४४ रनमात्र जोड्न सक्यो ।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रनको योगदान गर्दा दीपेन्द्रसिंह ऐरीले २५ तथा कप्तान पारस खड्काले २२ रन जोडे ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित् ५० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।
नेदरल्यान्ड्सका लागि बास डे लेडले सर्वाधिक ३९ रनको योगदान गरे भने म्याक्स ओ डोडले २८ रन तथा रोलोफ भान मेर्व र स्कट एडवाड्र्सले समान २५/२५ रन बनाए ।
बलिङतर्फ नेपालका लागि निकै कसिलो बलिङ गरेका सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए ।
यस्तै, सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट झारे । बसन्त रेग्मीको स्थानमा मैदानमा उत्रिएका शक्ति गौचनले १ विकेट लिए ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट टोलीको मान्यता प्राप्त गर्ने लक्ष्यसहित जिम्बाब्वे पुगेको नेपाली टोली लक्ष्य पूरा गर्दै घर फर्कने भएको हो ।
पहिलो प्लेअफमा नेपालले पपुवा न्यूगिनीलाई तथा नेदरल्यान्ड्सले हङकङलाई हराएपछि नेपालले इतिहासमै पहिलोपटक चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता प्राप्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्