२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पुलिसलाई हराउँदै थ्रीस्टार तिलोत्तमा गोल्डकप च्याम्पियन


0
Shares

शनिबार भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै थ्रीस्टारले उपाधि चुमेको हो ।

उपाधिसँगै थ्रीस्टारले ७ लाख ७७ हजार ७७७ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ४ लाख ४४ हजार ४४४ रुपैयाँमा चित्त बुझायो ।

खेलको ६५औं मिनेटमा पुलिसका रबिन श्रेष्ठले आत्मघाती गोल गर्दा थ्रीस्टारले अग्रता कायम गरेको थियो । थ्रीस्टारका बिमल घर्तीमगरको पोस्टचार्जलाई बचाउन खोज्दा रबिनले हानेको बलले जाली चुमेको थियो ।

खेलको ८९औं मिनेटमा थ्रीस्टारका कप्तान निराजन खड्काले एक गोल गरेपछि थ्रीस्टार २–० ले विजयी भयो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी थ्रीस्टारका निराजन खड्का घोषित भए । उनले पुरस्कारस्वरुप एकथान मोटरसाइकल पाए ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदान भएको प्रतियोगितामा विभिन्न २० टिमको सहभागिता रहेको थियो ।