प्रतियोगिताअन्तर्गत् आफ्नो पहिलो खेलमा नेपालले अहिले आयोजक नामिबियासँग खेलिरहेको छ । खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेसँगै नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ । यसैबीच, यु–१९ टोलीका सदस्य रोहितकुमार पौडेलले नामिबियाविरुद्ध खेल्दै नेपाली राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका छन् । रोहितसँगै नामिबियाविरुद्व खेल्ने नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सन्दीप…