२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


काठमाडौं गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले हरायो


0
Shares

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित् २० ओभरमा ४ विकेटको नोक्सानीमा १८६ रन बनाएको थियो । प्रतियोगितामा यो अहिलेसम्मकै सर्वाधिक योगफलसमेत हो ।

काठमाडौंका लागि भारतीय खेलाडी सन्नी पटेलले १९ बलमा ४८ रनको योगदान गरे । उनी खेलको ‘म्यान अफ दी म्याच’समेत घोषित भए ।

त्यस्तै, सुबोध भारीले ४२, अमित श्रेष्ठले ३० रन बनाए भने नरेश बुढाऐरले २० र कप्तान ज्ञानेन्द्र मल्ले २० रन जोडे ।

बलिङतर्फ रुपन्देहीका लागि अमरसिंह रौटेला, सुफयान मेहमुद र बिक्रम भुसालले समान एक/एक विकेट लिए ।

जवाफमा रुपन्देहीले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमात्रै बनाउन सक्यो ।

रुपन्देहीका लागि प्रदीप ऐरीले अर्धशतक बनाएपनि आफ्नो टिमलाई विजयी गराउन सकेनन् ।

प्रदीपले ५७, सागर पुनले १८ र दीपक प्रसादले १० रनबाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

काठमाडौंका लागि रसिद खानले ४, ललित राजवंशीले ३ र साहव आलमले २ विकेट झारे ।

प्रतियोगिताअन्तर्गत् मंगलबार टिम चौराहा धनगढी र महेन्द्रनगर युनाइटेड आमने–सामने हुनेछन् ।