
काठमाडौं, चैत १८ । इंङ्गलिस प्रिमियर लिगमा गएराति म्यान्चेष्टर सिटीले सहज जित हात पारेको छ ।
एभर्टनलाई ३-१ ले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो । अर्को साता घरेलु मैदानमा हुने म्यान्चेष्टर डर्बी म्याचमा जित निकालेमा सिटीले उपाधि जित्नेछ ।
एभर्टनको मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीले पहिलो हाफमा तीन गोल गरेपछि सहज जित सम्भव भएको हो ।
खेलमा लेरोई साने, ग्याब्रियल जेसस, डेविड सिल्भाले गोल गरेका थिए भने दोस्रो हाफमा एभर्टनका बोलासीले सान्त्वना गोल गरेका थिए । जितसँगै सिटीले तालिकामा १६ अंकको अग्रता लिएको छ ।
अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले स्वान्सी सिटीलाई हराएको छ ।
घरेलु मैदान वल्र्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले स्वान्सी सिटीलाई २-० ले हराएको हो । खेलमा रोमेलु लुकाकु र एलेक्सिस सान्चेजले गोल गरे ।
प्रतिक्रिया दिनुहोस्