
कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेपछि भरतपुर महानगरपालिकाले चितवनमा जग्गा उपलब्ध गराउने घोषणा गरेको हो ।
भरतपुरमा सोमबार आयोजित पत्रकारसम्मेलनमा मेयर रेनु दाहालले धुर्मुस सुन्तली फाउण्डेशनलाई चितवनमा रंगशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने बताइन् । ‘आजै महानगरबाट कलाकार सिताराम कट्टेललाई पत्राचार गर्छौं, रंगशाला निर्माणका लागि चाहिनेजति जग्गा पनि उपलव्ध गराउछौं,’ मेयर दाहालले भनिन् ।
उनले जग्गासँगै निर्माणका लागि पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
भरतपुर महानगरपालिका वडा नं. २० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने मेयर दाहालले जानकारी दिइन् ।
महानगरका तर्फबाट सोमबार नै धुर्मस सुन्तली फाउण्डेशनलाई पत्र लेख्ने र दिउँसो बस्ने बोर्ड बैठकले अनुमोदन गर्ने तयारी महानगरले गरेको छ ।
चितवन रंगशाला निर्माण स्थलमा १० विगाहा जग्गा छ । थप अन्य जग्गासमेत उपलब्ध गराउन सकिने महानगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्